२०८२ पौष ८, मंगलबार
नयाँ
पछिला अपडेट

गस्तीमा निस्किएका असईको चट्याङ लागेर मृत्यु

२०७८ बैशाख २१, मंगलबार प्रकाशित ( साल अघि) २१०५ पाठक संख्या

झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए ।

मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षको थिए । भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो ।

गस्तीमा सँगै रहेको एक प्रहरी हवल्दार भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। पोस्टमार्टमपछि ठाकुरको शव अन्त्येष्टिका लागि परिवारलाई हस्तान्तरण गरिने थापाले जनाए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%१%

प्रतिक्रिया दिनुहोस