२०८३ अषाढ २, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा आजदेखि निषेधाज्ञा, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

२०७८ बैशाख २१, मंगलबार प्रकाशित ( साल अघि) २२३६ पाठक संख्या

नवलपरासी । कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएपछि पश्चिम नवलपरासीमा पनि आजदेखि निषेधाज्ञा लागू हुने भएको छ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति डीसीसीएमसीले सिफारिस गरेको निर्णयलाई सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कार्यान्वयन गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।

निषेधाज्ञा बैशाख ३१ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन् ।

जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ९ सय ५७ पुगेको छ । ती मध्ये जिल्लामा अझै ४ सय ६७ जना सक्रिय सक्रमित रहेका छन् ।

हालसम्म पश्चिम नवलपरासीमा ४८ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कोरोना फोकल पर्सन देवीलाल पौडेलले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस