२०८२ फागुन १०, आईतबार
नयाँ
पछिला अपडेट

चितवनमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने पुरुष पक्राउ

२०७८ बैशाख २१, मंगलबार प्रकाशित ( साल अघि) १५८३ पाठक संख्या

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

रुपन्देही घर भई चितवनको राप्ती नगरपालिका बस्दै आएका ३५ वर्षीय एक युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यही वैशाख १६ गते ११ बजेको समयमा आफ्नै घरमा छोरी नाता पर्ने अन्दाजी १२ वर्षकी बालिकालाई ती पुरुषले जबर्जस्ती करणी गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय खैरहनीमा लिखित जाहेरी दिएकी थिइन् ।

ती पुरुषलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले स्वीकार गरेकाले पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस