२०८२ भाद्र १०, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भोली देखि १५ दिन निषेधाज्ञा

२०७८ बैशाख २०, सोमबार प्रकाशित ( साल अघि) ३२७१ पाठक संख्या

कावासोती । मंगलबार अर्थात भोली देखि नवलपुर जिल्लामा निषेधाज्ञा लगाईने भएको छ । जिल्लामा ३ सयभन्दा बढी संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा लागू गर्ने भएको हो।

सोमबार जिल्ला प्रसासन कार्यालय पुर्वी नवलपरासीमा बसेको जिल्ला स्तरीय विपत व्यवस्थापन समितीको बैठकले वैशाख २१ गते (भोली) रातीदेखि जेठ ४ गतेसम्म १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।

जिल्लामा सुरुवाती चरणमा १५ दिन निषेधाज्ञाको समय तोकिएपनि संक्रमणको अवस्था हेरेर थ निर्णय हुन् सक्नेछ । बैठकले जिल्लामा अत्यावश्यक सेवा बाहेक सबै क्षेत्र बन्द रहने गरि निषेधाज्ञा जारी गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासीका अध्यक्ष विरेन्द्र पराजुलीले जानकारी जानकारी दिनुभयो ।

आज सोमबारको दिन मात्र साझा ५ बजे सम्म जिल्लामा ७७ जना नयाँ संक्रमित फेला परेका छन् । यो सहित नवलपुरमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ३४६ पुगेको छ ।

नवलपुरमा पछिल्लो ३ जनाको निधन भएको छ भने नयाँ संक्रमणको लहर पछि संक्रमित भएका मध्ये २७ जना निको भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२४%६%१%३०%११%

प्रतिक्रिया दिनुहोस