२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज ३९ जना नयाँ संक्रमित थपिए

२०७८ बैशाख २०, सोमबार प्रकाशित ( साल अघि) १६६१ पाठक संख्या

कावासोती , २१ बैशाख । कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको अवस्थामा नवलपुरमा पनि आज थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वारो आएका र कोरोनाको आशंका लागेका विरामीहरुले मध्यविन्दु जिल्ला अस्पतालको पिसिआर प्रयोगशालामा सोमबार बिहान् १२ बजे सम्म गरिएको परिक्षणमा थप ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

जिल्लामा सोमबार मात्र कोरोना संक्रमण पुष्टि भएका मध्य देवचुली नगरपालिकाका ४ जना, कावासोती नगरपालिकाका २७ जना, मध्यविन्दु नगरपालिकाका ५ जना , हुप्सेकोट नगरपालिकाका २ र बिनिमाय त्रिवेणी गाउपलिकामा १ जना गरि जम्मा ३९ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस