२०८२ माघ १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कोरोना संक्रमित १ महिलाको मृत्यु

२०७८ बैशाख २०, सोमबार प्रकाशित ( साल अघि) १५६९ पाठक संख्या

नवलपुर , बैशाख २० । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा धादिङ घर भएकि ८३ वर्षीय महिलाको ज्यान गएको छ ।

धादिङको बेनीघाट रोराङ गाँउपालिका स्थायी घर भई कावासोती नगरपालिका वडा नं.१६ स्थित छोरीको घरमा बस्दै आएकी वृद्धाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

भरतपुरको चितवन मेडिकल कलेजमा आईतबार कोभिड पुष्टि भएको र चितवनमा बेड नपाए पछि उनलाई थप उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याईएको थियो।

मध्यविन्दु अस्पतालका कोरोना फोकल पर्सन डा. शिवराज न्यौपानेले आफन्तले अस्पताल ल्याउँदै गर्दा विहान ११ः१५ बजे मृत्यु भएको बताएका छन् ।

विगत ६ दिन अघि देखि स्वास प्रश्वासमा समस्या आए पनि मृतक महिलामा दिर्घ रोग नभएको अस्पतालले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस