२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आइतबार मात्र २२ जनामा कोरोना संक्रमण

२०७८ बैशाख २०, सोमबार प्रकाशित ( साल अघि) २१७२ पाठक संख्या

कावासोती , २० बैशाख । कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको अवस्थामा नवलपुरमा पनि आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वारो आएका र कोरोनाको आशंका लागेका विरामीहरुले मध्यविन्दु जिल्ला अस्पतालको पिसिआर प्रयोगशालामा आईतबार गरिएको परिक्षणमा थप २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
पछिल्लो एक हप्तामा संक्रमित बढेसँगै पहिले रहेका आइसोलेसन कक्षमा शय्या थप गर्न थालिएको छ ।

जिल्लामा आईतबार मात्र कोरोना संक्रमण पुष्टि भएका मध्य देवचुली नगरपालिकाका ५ जना, कावासोती नगरपालिकाका १३ जना, मध्यविन्दु नगरपालिकाका २ जना र हुप्सेकोट नगरपालिकाका २ जना गरि जम्मा २२ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस