२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु

२०७८ बैशाख २०, सोमबार प्रकाशित ( साल अघि) १६४४ पाठक संख्या

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-४ होङसिको गेटभित्र लोडिङ पोईन्टमा ना.८ ख २५०० नम्बरको ट्रकको ठक्करबाट हाल वतन नखुलेका सोही ठाउँमा सेक्युरिटी गार्डको काम गर्ने ३४ वर्षीय बाबु सहनीको शनिबार बेलुका मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%२%२%८%३%

प्रतिक्रिया दिनुहोस