२०७९ भाद्र १, बुधबार
नयाँ
पछिला अपडेट

लुम्बिनीमा प्रहरी र सांसदबीच झडप

२०७८ बैशाख २०, सोमबार प्रकाशित ( साल अघि) १२४४ पाठक संख्या

बुटवल  : लुम्बिनी प्रदेशका प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रहरी र प्रदेश सभा सदस्यहरुबीच झडप भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेललाई शपथ खुवाउन निस्केका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बाटो छेकेका प्रदेश सभा सदस्यलाई प्रहरीले धरपकड गरेपछि झडप भएको थियो।

झडपमा केही प्रदेश सभा सदस्य घाइते भएका छन् । ‘प्रदेश प्रमुख बाहिर जानेबेलामा महिला प्रहरी पठाउनुस भन्दा भन्दै डिआइजी आएर पहिले म माथि आक्रमण गर्न थाल्नु भयो त्यसपछि सबै प्रहरी आएर टिपेर फाल्नु भयो,’ कांग्रेस सचेतक निर्मला क्षेत्रीले भनिन्, ‘यास्तो आक्रमण म माथि गरियो ।

यस्तो अमर्यादित किसिमले  नाङ्गो नाच चाचिरहेको छ आज प्रदेश प्रमुख, मुख्यमन्त्री प्रहरी प्रशासन।’ न्यायको लागि कहाँ जानुपर्छ आफू जान तयार रहेको उनको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस