२०८३ श्रावण २३, शनिबार
नयाँ
पछिला अपडेट

काँग्रेस नेता भण्डारीलाई कोरोना संक्रमण पुष्टि

२०७८ बैशाख १९, आईतबार प्रकाशित ( साल अघि) ३०३४ पाठक संख्या

तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ।

तीन दिनदेखि अस्वस्थ रहेका नेता भण्डारीको शनिबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

तरूण विभागको नेतृत्वमा समेत रहनुभएका नेता भण्डारीलाई कोरोना भाइरसको सामान्य लक्षणसहित ज्वरो आउने, खोकी लाग्ने जस्ता समस्या देखिएको छ।

नेता भण्डारीसहित उनकी श्रीमती र छोरालाई पनि कोरोना पोजेटिभ देखिएको छ। उनी परिवारसहित अहिले होम आइसोलेसनमा रहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस