२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

पत्रकार महासंघ नवलपुरका नवनिर्वाचित समितिद्वारा पदस्थापना

२०७८ बैशाख १८, शनिबार प्रकाशित ( साल अघि) १७९४ पाठक संख्या

मिना कंडेल

कावासोती । नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासी शाखाको दोस्रो अधिवेशनवाट निर्वाचित सदस्यले पदस्थापना गरेका छन् । गत २५ गते सम्पन्न निर्वाचनमा निर्वाचित जिल्ला कार्य समिति, प्रदेश सदस्य र केन्द्रिय सदस्यहरुले शुक्रबार पदस्थापना गरेका हुन् ।

पदस्थापना कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मुलुकले संघीय ब्यवस्थाको कार्यान्वयन गरिरहेका बेला पत्रकार जगतले संघीयताको अनुभूत गर्न नपाएको बताउनुभयो ।

मोफसलमा रहेर पत्रकारिता गर्नेहरुका पीडा र मार्का आफुले बुझेको बताउदै अध्यक्ष पोखरेलले ती समस्या समाधानका लागि सहयोग गर्ने बताउनुभयो । पत्रकारका लागि स्वास्थ्य बिमा, ब्यवसायिक पत्रकारिता, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका पक्षमा आफना योजना रहेको अध्यक्ष पोखरेलको भनाई छ ।

प्रेस संकुचन गर्ने गतिबिधी बिरुद्धका आवाज वुलन्द गराउदै पत्रकारिताको विकासका लागि केन्द्रदेखि मोफसलका पत्रकारसंससंगै अघि बढ्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीका निर्वतमान अध्यक्ष होमराज रानाभाट, नेपाल प्रेस युनियनका केन्द्रिय सल्लाहाकार शिव लम्साल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विद्रोही गिरी लगायतले पत्रकार र पेशागत दायित्वका बारेमा सुझाव सहित निष्पक्ष पत्रकारिताका आवश्यकताका बारेमा जोड दिनुभएको थियो ।

यसैगरी नवनिर्वाचित अध्यक्ष विरेन्द्र पराजुलीले पत्रकार महासंघ सवैको साझा चौतारी रहेकाले सवैको अवनत्व हुने गरी आफु प्रतिबद्ध भई लाग्ने बताउनु भयो ।
पत्रकार महासंघ अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्रीराम सिग्देलले स्वागत, धन्यवाद एवं सचिव प्रेम न्यापानेले संचालन गर्नुभएको थियो । यसैगरी, सोही कार्यक्रममा अध्यक्ष रानाभाट र कोषाध्यक्ष ईश्वरी चापागाईले नवनिर्वाचित अध्यक्ष विरेन्द्र पराजुलीलाई माइन्यूट हस्तान्तर गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ नवलपुर शाखामा पत्रकार कल्याणकोष स्थापना नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासी शाखा वाट निर्वाचित सदस्यले पदस्थापना गरेका छन् । नवनिर्वाचित सदस्यको शुक्रवार बसेको पहिलो वैठकले पत्रकार कल्याणकोष संचालन गर्नै निर्णय गरेको छ ।

कोरोना संक्रमणका कारण संचार क्षेत्र र पत्रकारलाई पनि प्रभाव पारेको सर्ववितितै छ । कोभिडले अहिले मुलुक आक्रान्त छ , यो महामारी बाट पत्रकारिता क्षेत्रपनी अछुतो छैन । उच्च स्वास्थ्य सतर्कता अपनाएर आफ्नो कर्ममा जुट्नुहुन सबैलाई अनुरोध छ । पूर्वीनवलपरासीमा कोभिडको असरले रोजगारी खोसिएका साथिहरु कति छन् ? पत्रकार साथिहरुलाई राहत एबम् अन्य आबश्यक सहयोग गर्नुपर्ने अवस्था के छ ? त्यसको लागि पूर्वी नवलपरासीका कार्यसमितिलाई जानकारी गराउन पनि वैठकले निर्णय गरेको छ ।

पत्रकार साथिहरुलाई राहात स्वरुप केहि गर्न सकिन्छ भन्ने उदेश्यले पत्रकार कल्याणकोष स्थापना गर्न लागेको अध्यक्ष विरेन्द्र पराजुलीले बताउनु भयो । पत्रकार कल्याणकोषमा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाबाट पचास हजार , अध्यक्ष विरेन्द्र पराजुली बाट दश हजार , सदस्य भविश्वर पाण्डेबाट पाँच हजार र आभानी मिडिया प्रालिका अध्यक्ष डिल्लिराम कडरीयाबाट सात हजार गरि बहतर हजार बराबरको पत्रकार कल्याणकोष स्थापना गरिएको छ । कल्याणकोषमा पछि रकम थप गर्दै लैजाने पनि अध्यक्ष पराजुलीले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस