२०८३ श्रावण २५, सोमबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा श्रीमतीको हत्या अभियोगमा श्रीमान् समातिए

२०७८ बैशाख १७, शुक्रबार प्रकाशित ( साल अघि) १९७५ पाठक संख्या

नबलपरासी (पश्चिम), १७ वैशाख ।

श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले हत्या अभियोगमा नबलपरासी पश्चिम प्रतापपुर गाउँपालिकाका ३५ वर्षीय उमेश हरिजनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयको टोलीले उमेशलाई बिहिबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

घरायसी बिषयमा उनीहरूबिच झै-झगडा भई कुटपिट हुँदा सलन्ती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो। घटनाको बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%२%२%१५%११%

प्रतिक्रिया दिनुहोस