२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख १७, शुक्रबार प्रकाशित ( साल अघि) १७९२ पाठक संख्या

विकास चापागाई

बैशाख १७ । पश्चिम नवलपरासीमा विहिबार एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । विहिबार जिल्लाको रामग्राम, सुनवल नगरपालिका र सरावल गाउँपालिका बस्ने तीन जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कोरोना फोकल पर्सन देवीलाल पौडेलले रेडियो परासीलाई जानकारी दिनुभयो ।

रामग्राम नगरपालिकाका वडा नम्बर १६ का २७ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो । उनमा कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए । मृतक पुरुषमा कोरोना संक्रमण बाहेक अन्य समस्या नरहेको कोरोना फोकल पर्सन पौडेलले बताउनुभयो । उनको विहिबारनै अन्त्यष्टी गरिएको छ ।

यस्तै सुनवल नगरपालिका वडा नम्बर ६ का ८४ वर्षीय वृद्धको होम आइसोलेसनमा मृत्यु भएको छ । उनमा पहिलैदेखि दम र ज्वरो रहेको पौडेलले बताउनुभयो । यस्तै सरावल गाउँपालिका वडा नम्बर ३ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनमा स्वासप्रस्वासमा समस्या रहेको थियो । उनको अन्त्यष्टी गरिएको पौडेलले बताउनुभयो । विहिबार तीनजना संक्रमितको मृत्यु भएसँगै जिल्लामा मृतकको संङ्ख्या ४१ पुगेको छ ।

यसैविच पश्चिम नवलपरासीमा विहिबार एकैदिन थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार जिल्लामा पिसिआर पक्षिणबाट २८ र एन्टिजिन परिक्षणका क्रममा १० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । जिल्लामा विहिबार २३ जना पुरुष र १५ जना महिलामा संक्रमण भएको छ ।

जिल्लाको सुनवल नगरपालिकामा १७, रामग्राम नगरपालिकामा ८, बर्दघाट नगरपालिकामा ६, पाल्हीनन्दन गाउँपालिकामा ३, सुस्ता गाउँपालिकामा २, सरावल र प्रतापपुर गाउँपालिकामा एक–एक जनामा कोरोना पुष्टि भएको छ ।

विहिबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या १७ सय ११ पुगेको छ । अब जिल्ला भित्र दुई सय २९ जना सक्रिय सक्रमित रहेका छन् । जिल्लाबाट स्वाव संकलनगरि पठाएको मध्य अझै १६ जनाको पिसिआर रिपोर्ट आउँन बाँकि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस