२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

चितवन निकुञ्जमा गैँडा मृत अवस्थामा भेटियो

२०७८ बैशाख १६, बिहिबार प्रकाशित ( साल अघि) १९९७ पाठक संख्या

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा फेरी गैँडा मृत अवस्थामा फेला परेको छ ।

निकुञ्जको कोर इलाका सुखीभार कम्प्लेक्स बुढी राप्ती क्षेत्रमा ३० वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जमा सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

मृत अवस्थामा भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताउनु भयो । ६९४ गैँडा रहेको चितवन निकुञ्जको सुखीभार क्षेत्रमा सबैभन्दा बढि गैँडा को बसोवास रहेको छ ।

आर्थिक वर्ष २०७७,७८ मा ३१ गैडा को मृत्यु भएको र सो मध्ये ४ चोरी सिकार र २७ प्राकृतिक कारण मरेको निकुञ्जले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%३%२%

प्रतिक्रिया दिनुहोस