२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पुर्जाको पर्खाइमा सिंगो गाउँ

२०७८ बैशाख १५, बुधबार प्रकाशित ( साल अघि) १४३९ पाठक संख्या

कावासोती । नवलपुर जिल्लाको देवचुली नगरपालिका चार बस्ने कुलबहादुर श्रीस मगरले जग्गा जोतभोग गरेको पचपन्न वर्ष भयो ।

आफु जन्मेदेखी हाल सम्म उक्त जमिनमा जोतभोग गरे पनि मगरले आफ्नै जमिनलाइ पनि आफ्नो भन्न पाएका छैनन् । कारण हो उनी बसेको जमिनको पुर्जा नै छैन । देवचुली नगरपालिकाको शान्ति गैरा र झाक्रेमा बसोबास गर्ने अधिशको पुर्जा नै छैन ।

सामुदायिक वन क्षेत्र भित्र बसेका कारण वनले पुर्जा वितरणमा रोक लगाए पछि उक्त बस्तीका पचहत्तर प्रतिशत जग्गा तथा घर पुर्जा विहिन बनेका छन । २०३६ साल देखि वस्ती विकास हुदै गएको उक्त क्षेत्रमा हाल सम्म पनि आफ्नो जमिनका रुपमा स्थानियहरुले लिन पाएका छैनन् ।

स्थानिय कुलबहादुर श्रीस मगरका अनुसार २०४९को वन एन बने पछि वनलाई सामुदायिक वनका रुपमा लैजाने निति संगै उक्त क्षेत्रमा बसोबास गरेर बस्तीलाई पनि सामुदायिक वन क्षेत्रमै गाभिए पछि आफुहरु पुर्जा विहिन भएर बस्नु परेको बताउछन ।

सरकारले पुर्जा उपलब्ध गराउने कार्य अघि सारे पछि भने उत्साहित छन । पचास साठी वर्ष अघि देखि जमिनको जोतभोग गरेकाहरुले हाल सम्म पुर्जा नपाउदाँ पिडित बनेको स्थानियहरु बताउछन । आफुहरु सामुदायिक वन संरक्षण संगै जमिनको जोतभोग गरे पनि वर्षौ सम्म पुर्जा नपाएको र आफ्नै जमिनलाई पनि आफ्नो भन्न सक्ने अवस्था नआएको स्थानिय ललितबहादुर थापा बताउछन। उनका अनुसार बस्तीलाई वन क्षेत्र बनाउदा विकासका कामहरु पछि परेको र स्थानियहरुले विकासको अनुभुति नै गर्न नसकेको उनि बताउछन ।

स्थानियतहको चुनाबमा राजनितिदलको मुख्य एजेण्डामा समावेस गरिएको सुकुम्बासी समस्या समाधान हुन नसक्दा सुकुम्बासीहरुले आफुहरुलाई चुनाव ताका दिएको बाचा पुरा नगर्ने हुनकी भन्नेमा चिन्तीत छन । यता स्थानियतहका जनप्रतिनिधिहरुले आफुहरुले पहल गरि रहेको बताउछन ।

देवचुली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गिरबहादुर थापाले सुकुम्बासी समस्या समाधानका लागि सुकुम्बासी आयोग गठन भएको र उक्त आयोगले पुर्जा दिन थप पहल गर्ने गरि काम गरेको अध्यक्ष थापा बताउछन । केहि महिना अघि मात्र पुर्जा विहिनहरुका लागि तथ्याङ्ग संकलन र फर्म भर्ने कार्य गरिएको छ । यसले बर्षे देखि जग्गा जोतभोग गरेका स्थानियहरु उत्साहित छन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१६%२%३%३%१%१%

प्रतिक्रिया दिनुहोस