२०८० फागुन १२, शनिबार
नयाँ
पछिला अपडेट

गैँडाकोट र देवचुलीका विभिन्न स्थानमा मंगलवार विद्युुत्त अवरुद्ध हुने

२०७८ बैशाख १३, सोमबार प्रकाशित ( साल अघि) १३१६ पाठक संख्या

नवलपुर । नवलपरासी पूर्वको गैँडाकोट र देवचुली नगरपालिकाका विभिन्न वडाहरुमा मंगलबार विद्युत्त अवरुद्ध हुने भएको छ ।

गैँडाकोट नगरपालिकाका १० देखि १७ सम्मका सवै वडाहरुमा विहान ८ वजेदेखि दिउसो ३ वजेसम्म लाईन अवरुद्ध हुने नेपाल विद्युत्त प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।

त्यसैगरी देवचुली नगरपालिकाका १६ र १७ नम्बर वडामा विद्युत्त अवरुद्ध हुनेछ ।

नारायणगढ बुटवल सडक आयोजनाले सडक विस्तारको क्रममा देवचुली मुकुन्डे खोलादेखि गैँडाकोट १० भेँडावारी सम्मका रुख कटान कार्य गर्नेहुँदा सो स्थानमा भएको ११ केभी रजहर फिडर ११ केभी फिडर लाईनहरु बन्द गरी कार्य गर्नुपर्ने भएकोले विद्युत्त अवरुद्ध हुने वितरण केन्द्रको सूचनामा उल्लेख छ।

तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत्त सूचारु हुने पनि कार्यालयले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस