२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

गैंडाकोटका विद्यालयहरु १५ दिन सम्म बन्द रहने

२०७८ बैशाख १३, सोमबार प्रकाशित ( साल अघि) १८१३ पाठक संख्या

गैंडाकोट, १३ बैशाख । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नवलपुर जिल्लाको गैंडाकोट नगरपालिकाले यहि बैशाख १४ गते देखि बैशाख २८ गते सम्म बन्द हुने भएका छ्न ।

वैशाख १३ गते बसेको नगरपालिकाको व्यवस्थापन समितिको बैठकले नगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई विद्यार्थीको भौतिक उपस्थितिमा गरिने शिक्षण, परिक्षा, ट्युसन जस्ता कृयाकलाप बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय देशका विभिन्न विद्यालयमा अध्ययनरत केही बालबालिकाहरु कोरोना संक्रमित भइरहेको अवस्थालाई मध्यनजर गर्दै यही बैसाख १४ गते देखि २८ गतेसम्म १५ दिनका लागि सम्पूर्ण शिक्षण संस्थाहरू बन्द गरिएको हो ।

उक्त निर्णयहरू उल्लंघन गर्ने निकायलाई कानून अनुसार कारवाही हुने र निर्देशन कार्यान्वयन नगर्दा हुने क्षति प्रति स्वयं संस्था संचालक जिम्मेवार हुनेपर्ने गैंडाकोट नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत मोती प्रसाद रिजालद्धारा हस्ताक्षरित सूचनामा जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस