२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

देवचुलीका विद्यालयहरु वैशाख १९ गते सम्म बन्द

२०७८ बैशाख १३, सोमबार प्रकाशित ( साल अघि) १९९३ पाठक संख्या

कावासोती । नवलपुरको देवचुली नगरपालिका भित्रका विद्यालय यही वैशाख १९ गते सम्म बन्द हुने भएका छन्।

देवचुली नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख १९ गते सम्म सबै विद्यालय बन्द गर्न लागेको हो । वार्षिक परीक्षाको तयारीका लागी बिदा रहने विद्यालय बन्द रहने नगरपालिकाले जनाएको छ ।

त्यस्तै नगरपालिकाले सोमबार जारी गरेको सूचना अनुसार होटल तथा रेष्टुरेन्टहरु बिहान ८ देखि बेलुकी ८ बजे सम्म मात्रै खोल्न पाईने, २५ जन भन्दा धेरै जम्मा भएर कुनै प्रकारका कार्यक्रमहरु गर्न नपाईने, मठ मन्दिर, चर्च , मस्जिद लगाएतका धार्मिक स्थलमा नित्य पुजा आजा बाहेकका अन्य कार्यक्रम गर्न नपाईने जनाईएको छ ।

जिल्लामा कोरोना संक्रमण बढेको भन्दै जिल्लाका अन्य स्थानीय तहले पनि विद्यालय लगाएतका क्षेत्रहरु बन्द गर्न सुरु गरेका हुन । आईतबार मात्रै कावासोती नगरपालिकाले शुक्रबार सम्मका लागी भन्दै विद्यालय र हाट बजार बन्द गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस