२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीका विद्यालयहरु एक हप्ता सम्म बन्द हुने

२०७८ बैशाख १२, आईतबार प्रकाशित ( साल अघि) १४०६ पाठक संख्या

कावासोती । विद्यालय स्तरमै कोरोना संक्रमण देखिन थाले पछि नगर भित्रका विद्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ।

आईतबार बसेको व्यवस्थापन समितीको बैठकले एक हप्तासम्मका लागि नगरभित्रका सबै विद्यालय र हाट बजार बन्द गर्ने निर्णय गरेको नगर स्तरीय विपत व्यवस्थापन समितिका संयोजक प्रेम शंकर मर्दनियाले जानकारी दिनुभयो ।

कावासोती नगरपालिका २ स्थीत शिव नमुना माध्यामिक विद्यालयका एक जना विद्यार्थीमा कोभिड – १९ संक्रमण देखिए पछि विद्यालयहरु बन्द गर्नु पर्ने आवाज उठेको थियो । विद्यालयका एक जना विद्यार्थीमा गत विहीबार नै कोभिड – १९ संक्रमण पुष्टि पनि भएको थियो ।

विद्यालयहरु शुक्रबार सम्म बन्द रहेता पनि २० गते बाट सुरु हुने परीक्षा तालिका भने यथावत रहने र परीक्षा संचालन हुने जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस