२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

निषेधाज्ञा जारी हुन सक्ने जिल्लाहरु (सूचीसहित)

२०७८ बैशाख १२, आईतबार प्रकाशित ( साल अघि) १७८६ पाठक संख्या

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै संक्रमितको संखया उच्च रहेको जिल्लामा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको छ । सीसीएमसीले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय संक्रमित भेटिएमा निषेधाज्ञा जारी गर्न भनेको हो । निषेधाज्ञाको अधिकार स्थानीय प्रशासनले पाएका छन् ।

आजको निर्णयसँगै काठमाडौं उपत्यका लगायतका देशभरीका विभिन्न जिल्लामा निषेधाज्ञा जारी हुने देखिएको छ।

अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय कटिसकेको छ । त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन् ।

सीसीएमसीले पहाडी जिल्लाहरुमा भने ५ सय सक्रिय संक्रमित नपुगे पनि २ सय कट्नासाथ निषेधाज्ञा लगाउन स्थानीय तहलाई अधिकार दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%१%१%१%

प्रतिक्रिया दिनुहोस