२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जुवातास खेली रहेको अवस्थामा ११ जना पक्राउ

२०७८ बैशाख ११, शनिबार प्रकाशित ( साल अघि) २९८४ पाठक संख्या

कावासोती । नवलपुरमा जुवा तास खेली रहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको छ ।

कावासोती नगरपालिका वडा नम्बर १६ पिपे्रनी स्थित पदम विकको घर पछाडीको गोठमा जुवा तास लेखी रहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले जुवा खेली रहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।

पक्राउ पर्नेहरुमा कावासोती – १६ का २९ वर्षिय सन्तोष विक,  २१ वर्षिय सन्दिप सुनार, ४३ वर्षिय नविन प्रसाद सुवेदी, १६ वर्षिय शुसिल सुनार, ४५ वर्षिय वेगम बस्नेत, ४१ वर्षिय शेर बहादुर महत्तरा, ५१ वर्षिय नारायण घिमिरे, ३४ वर्षिय चिन्तामणी घिमिरे , २७ वर्षिय देव बहादुर विक, ३२ वर्षिय पूर्ण बहादुर महत्तरा र ३९ वर्षिय दुर्गा बहादुर गिरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार ती पक्राउ परेका ११ जनाहरुको साथबाट २६ हजार ६ सय २५ रुपैया नगद सहित खुल्ला तास ३ गड्डी र सिलबन्दी तास १ गड्डी सहित फेलापारी बरामद गरीएको छ ।

निजहरुलाई पक्राउ गरी सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्र्तगत अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%१%३%

प्रतिक्रिया दिनुहोस