२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको अरुणखोलामा स्थानियले वनमाराबाट गज्जबको आम्दानी

२०७८ बैशाख १०, शुक्रबार प्रकाशित ( साल अघि) १९२५ पाठक संख्या

अरुणखोला, १० बैशाख । वनमाराबाट कोइला बनाई विक्रि गर्दा आम्दानी राम्रो हुने भए पछि नवलपुर अरुणखोलाका अधिकाशं स्थानिय वनमाराबाट कोइला ९बिक्रेट० बनाउन लागि परेका छन ।

सामुदायिक वनका उपभोक्ताले वनमाराबाट जिल्लामा बायोमास ९कोइला० उत्पादन गर्न सुरु गरिएपछि निम्न आयस्रोत भएका उपभोक्तालाई वनको सफाइसँगै आम्दानी भइरहेको छ ।

विनयी त्रिवेणी गाउँपालिका–१ अरुणखोलामा रहेको विनयी सामुदायिक वन उपभोक्ता समितिले विपन्नको जीवनस्तर सुधारका लागि ब्रिकेट उत्पादनको कार्यलाई अघि सारेको छ ।

बजारमा यसको माग बढ्दो रहेको कारण पनि यसको उत्पादनमा स्थानिय सामुदायिक वनमा नै लागि परेका छन । वन सफाई संगै निम्न आयस्रोत भएका आफ्ना उपभोक्तालाई कोइला बनाउन आवश्यक सामग्रीसँगै प्राविधिक सहयोग र तालिम वनले नै दिइ रहेको छ ।

प्राविधिक संगै अरु ज्ञान पनि वनले दिन थाले पछि कोइला उत्पादन गर्न उपभोक्ताहरु लागि परेका छन ।

वनभित्र रहेको अनावस्यक झाडी वनमारा , भोटेसर, धुसेलो, माइकिया झार, रुदिलो जस्ता वनस्पति प्रयोगमा ल्याउन नसकिने सामग्रीबाट बायोमास बनाउने गरिन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%५%१%१%

प्रतिक्रिया दिनुहोस