२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरका विभिन्न स्थानमा शनिबार विद्युत अवरुद्ध हुने

२०७८ बैशाख १०, शुक्रबार प्रकाशित ( साल अघि) १६९० पाठक संख्या

कावासोती ,१० बैशाख । नवलपुरका विभिन्न स्थानमा शनिबार विद्युत अवरुद्ध हुने भएको छ ।

जिल्लाको गैँडाकोट र देवचुली नगरपालिकाका विभिन्न वडाहरुमा विद्युुत्त अवरुद्ध हुने भएको हो ।

गैँडाकोट नगरपालिकाका १,२, ३ ,४ ,५, ६, ७, ८, ९ ,१०, ११, १७ र  १८ वडाका विभिन्न स्थान र देवचुली नगरपालिकाको वडा नं। १६ र १७ का विभिन्न स्थानमा
शनिबार ९ भोली ० बिहान १० बजे देखि साझा ५ बजे सम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कावासोतीले जनाएको छ।

बुटवल नारायणगढ सडक आयोजनाको सडक बिस्तारको क्रममा देवचुलीको मुकुन्डे खोला देखि गैँडाकोट थुम्सी सम्मका रुखहरु कटान गर्ने भएकाले विद्युत अवरुद्ध हुने प्राधिकरणको कावासोती वितरण केन्द्रद्वारा जारी सूचनामा जनाईएको छ ।

तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सुचारु हुने कार्यालयले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%२%

प्रतिक्रिया दिनुहोस