२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जिप दुर्घटना हुँदा १ को मृत्यु ,३ जनाको अवस्था गम्भीर

२०७८ बैशाख १०, शुक्रबार प्रकाशित ( साल अघि) १६२९ पाठक संख्या

नवलपुर । नवलपुरको बुलिङटारमा शुक्रबार जिप दुर्घटना हुँदामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

पाल्पा रामपुरदेखि दलदले आउँदै गरेको लु १ ज ३७१० नं। जिप बुलिङटार गाँउपालिका ४ अत्र्ताैलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएको जिल्ला प्रहरी नवलपुरले जनाएको छ ।

घाईते मध्ये ३ जनालाई उपचारका लागि दलदलेतर्फ ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । दुर्घटनामा परि पाल्पा रामपुर नगरपालिका ४ बस्ने अजय विक मुत्यु भएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब ५०/ ५५ मिटर तल खसेको प्रहरीले जनाएको छ। अप्ठेरो बाटोमा फसेको जिप धकल्ने क्रममा सडकबाट तल खसेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१६%२%

प्रतिक्रिया दिनुहोस