२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा अवैध लागूऔषध गाँजा सहित १ जना पक्राउ

२०७८ बैशाख ९, बिहिबार प्रकाशित ( साल अघि) ३२४१ पाठक संख्या

परासी । नवलपरासी पश्चिमको सरावल गाउँपालिका ५ सानो दुबौलियाबाट करिब १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २९ वर्षीय रामसमुझ केवटलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गोबरहियाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस