२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरका कृषकलाई हरेक वर्ष चिन्ता, मकैमा फौजि किरा प्रकोप

२०७८ बैशाख ९, बिहिबार प्रकाशित ( साल अघि) २०९७ पाठक संख्या

कावासोती । मकै पसाउने बेलामा अहिले किसानहरु फौजि किरा निर्मुल पार्ने उपाय खोजि रहेका छन ।

गत वर्ष मकै पसाउने र फल्ने बेलामा फौजिकीराको प्रकोप सहेका कृषकहरु अहिल मकै पसाउन नपाउदै सम्भावित मकैमा लाग्ने फौजिकीरा संगै अरु रोगहरुबाट बचाउन लागेका छन ।

गत वर्ष फौजिकीको आन्तकं खेपेका कृषकहरु सोहि अवस्था पुन नदोहोरीयोस भन्दै मकै पसाउनु अघि नै सतर्कता अपनाएका छन ।

जिल्लाको मध्यबिन्दु , गैडाकोट, देवचुली र हुप्सेकोट क्षेत्रमा लगाइएका मकैमा फौजि किराको प्रकोप गत वर्ष पनि देखिएको थियो ।

किसानले लगाएको मकैमा देखिएको फौजिकिरा न्युनिकरण र यसको व्यवस्थापनका लागि स्थानियतहमा रहेका कृषि शाखाहरुले न्युनिकरणको उपाय र विषादि प्रयोग सम्बधि कार्यहरु गर्दा पनि फौजिकीराको प्रकोप घट्न सकेको थिएन ।

कृषिज्ञान केन्द्र इकाइ कावासोतीको तथ्याङ अनुसार गएको वर्ष जिल्लामा करि २३ सय हेक्टर क्षेत्रफलमा मकै खेति गरिएकोमा अधिकाशं मकै खेतिमा फौजिकीराको प्रकोप देखिएको थियो ।

मकै मात्र हैन कृषकहरुले लगाउने हरेक बालिमा केहि न कहि सास्याहरु उत्पन्न भइ रहेका छन तर ति समस्याहरु स्थानितह र कृषि कार्यलयले सुल्झाउन नसक्दा कृषिकहरुले कृषिमा थप लगानि गर्नेक्रम घट्दो रहेको देखिन्छ ।

कृषि र कृषि जन्य वस्तुको उत्पादनमा सरकारले थप निग्रानि गरि कृषि उत्पादनमा जोड दिनुपर्ने आवस्यकता देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस