कावासोती ९ वैशाख । नवलपुरको सदरमुकाम कावासोती सहित अन्य स्थानहरुमा आज हल्का पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षा भइरहेको जनाएकाे छ ।
अधिकांश ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ।
गण्डकी प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू९भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग हावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ । केही स्थानहरुमा तुवाँलोको सम्भावना छ