२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

कावासोतीको चापागाई कुल मन्दिरमा देविको मुर्ति प्रतिस्थापन

२०७८ बैशाख ८, बुधबार प्रकाशित ( साल अघि) १८७१ पाठक संख्या

नवलपुर , बैशाख ८ । बुधबार कावासोती २ मा रहेको चापागाई कुल मन्दिरमा देविको मुर्ति प्रतिस्थापन गरिएको छ ।

रामनवमी पर्वको अवसरमा एक कार्यक्रमको आयोजना गरी देविको मुर्ती प्रतिस्थापन गरिएको हो ।

देवचुली नगरपालिका ३ बस्ने छवीलाल चापागाईद्धारा प्रदान गरिएको ६५ हजार बराबरको देविको मुर्ती प्रतिस्थापन गरिएको छ ।

आफुले मुर्ती प्रदान गरेता पनि सवैको साझा रहेको छवीलाल चापागाईले बताउनु भयो। त्यस्तै आफ्ना पृतीलाई भुलेन भने पछि आफ्ना सन्ततिले नभुल्ने बताउनु भयो ।

चापागाई बन्दूका जेष्ठ नागरिक छविलाल चापागाईको प्रमुख आतिथ्यतामा भएको मुर्ति प्रतिस्थापन कार्यक्रममा चापागाई कुल मन्दिर समितीका अध्यक्ष आनन्द चापागाईको अध्यक्षता रहेको थियो ।

कार्यक्रमको विशेष अतिथीमा दुर्गा प्रसाद चापागाई रहनु भएको थियो । कार्यक्रमको संचालन सचिब देबेन्द्र प्रसाद शर्माले गर्नु भएको थियो ।

यस अगावै जीर्ण अवस्थामा रहेको देविको मुर्ति पुजन बाध्यता रहेका थियो । बुधबार मन्दिरमा मुर्ति प्रतिस्थापन गरे पनि चापागाई बन्दू खुसि भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस