२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा फेरि बढ्दै कोरोना संक्रमण, आज मात्र ५ जनामा

२०७८ बैशाख ७, मंगलबार प्रकाशित ( साल अघि) १८६५ पाठक संख्या

 

कावासोती । देशैभर कोरोना संक्रमितको दर बढ्दै जाँदा नवलपुर  जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गइरहेको छ । केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि संक्रमण दर बढ्दो छ।

नवलपुरको कावासोती जिल्ला मध्यबिन्दु जिल्ला अस्पतालमा दिनुहाँजसो ज्वरो आउने विरामीहरु आउन थालेका छन् । ज्वारो आएका र कोरोनाको आशंका लागेका विरामीहरुको अस्पतालले पीसीआर परीक्षण गर्ने गरेको अस्पताल प्रशासनले जनाएको छ । संक्रमित बढेसँगै पहिले रहेका आइसोलेसन कक्षमा शय्या थप गर्न थालिएको छ।

आज मात्र २५ जनाको पीसीआर परीक्षण गर्दा पाँच जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीका अनुसार सामान्य सुरक्षाको मापदण्ड नअपाउने र कोरोनालाई सामान्य सोचेर हेलचेक्राई गर्दाले पनि अवस्था गम्भीर बन्दै गईरहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%८%२%

प्रतिक्रिया दिनुहोस