२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

डँढेलोले चराचुरुङ्गीको बासस्थान नष्ट

२०७८ बैशाख ३, शुक्रबार प्रकाशित ( साल अघि) २२४५ पाठक संख्या

अहिले सुख्खा यामको मौसम । यो मौसममा वन डढेलो तथा आगलागीका घटना बढि नै हुने गर्दछ । गत वर्ष भन्दा यो वर्ष वन डढेलो बढी भएकोे छ । डढेलोले गर्दा वन जंगलको विनास त भएको छ यसले वन्यजन्तु तथा चराचुरुङीमा समेत गम्भीर असर पारेको छ ।

वन डढेलोकै असरले देशभर वातावरण प्रदुषण भएको छ भने बन्यजन्तुलाई पनि यसले ठूलो प्रभाव पारेको छ ।

आकासमा उड्ने चरादेखि बन्यजन्तुहरुलाई डढेलोले ठूलो असर पारेको छ । वन डढेलोले चराहरुको वासस्थानदेखि बच्चा र गुँडहरुमा ठूलो असर पारेको पंक्षी संरक्षणकर्मीहरु बताउँछन् ।

घाँसे मैदान व्यवस्थापनका लागि आगो लागाउने गरिए पनि सहि समयमा आगो नलगाउदा पनि चरा चुरुङ्गी तथा वनयजन्तुमा असर परेको नेपलीज ओरनिथोलोजिकल युनियनका सदस्य डीबी चौधरीले बताए ।

खासगरी अहिले घाँसे मैदान तथा सालघारीमा लागेको डढेलो चिन्ताको विषय बनेको चौधरीले बताए ।

यो समय चराले अण्डा पार्ने र बच्चा कोरल्ने गर्दछ । कुनै चरा रुखमा बस्ने गर्दछ भने कुनै घासे मैदानमा गुँड समेत बनाउने गर्दछ । यहिँ समयमा जताततै बन डढेलो हुँदा चराचुरुङ्गीलाई गम्भीर असर परेको संरक्षणकर्मीहरुको भनाइ छ ।

घासे मैदान साथै सुख्खा ठाउमा डढेलोको जोखिम हुनुको साथै चराचुरुंगीलाई समस्या हुने चौधरीले उल्लेख गरे । उनकाअनुसार डढेलोले लोपोन्मुख चराचुरुंगीका गुँड, अण्डा र बच्चा समेत नष्ट भएका छन् । यति नष्ट भएको तथा समस्यामा परेको आकलन गर्न भने नसकिने युनियनका सदस्य चौधरीले बताए ।

विहान बेलुका चिसो तथा दिउसोको गर्मीले गर्दा पनि चराको अवस्था कष्ठकर बनेको छ । पक्षीविद् टिकाराम गिरीका अनुसार वातावरणमा परेको असर पर्नुका साथै मौसममा अनायासै आएको परिर्वतनले गर्दा चराचुरुङगीको अवस्था नाजुक बनेको छ ।

विगतका वर्षमा घासे मैदान तथा सालघारीमा डढेलो लागेता पनि यो वर्ष जताततै वनजंगलमा आगलागी भएको गिरीले बताए । आठ नौ महिनादेखि पानी नपर्दा पनि मौसम सुख्खा भएको र चरामा पनि असर परेको छ।

पंक्षी संरक्षणविदहरुकाअनुसार जाडो मौससमा चराको गणना गर्ने गरिन्छ । गणनाअनुसार दिन प्रतिदिन चराको संख्या घट्दै गएको छ ।

गिरीका अनुसार विगतका दिनमा पंक्षी गणना गरिरहदा २० हजार २२ हजार चरा पाउने ठाउमा अहिले संख्या घटेर ११ हजार १२ हजारमा सिमीत भएको छ ।

तथ्याङकका अनुसार नेपालमा ८ सय ८६ प्रजातीको चराचुरुङरहेको छ । चितवनमा ६ सय ४३ भन्दा बढि प्रजातीका चरा चिवन राष्ट्रिय निकुञ्जमा पाइने गर्दछ ।

पर्यटन क्षेत्रमा चराको मत्वपूर्ण योगदान रहि रहदा चरा संरक्षणको लागि दीर्घकालीन योजना नभएको संरक्षणकर्मीहरु बताउँछन् ।

जनसंख्या तिब्ररुपमा बढ्दै गर्दा बन्य जन्तु चराचुरुङगीको बासस्थान मासिनु, नदीनाला सुक्र्दै जादा पनि चराचुरुङगीको संख्यामा कमि हुँदै गएको छ ।

आफना आवश्यकता पुरा गर्नका लागि भनेर प्रकृतिक वस्तु मासिरहँदा बन्यजन्तु तथा पंक्षीहरु नास हुँदै गएकाले त्यसतर्फ ध्यान दिन वन्यजन्तु तथा पंक्षी संरक्षणकमीहरुले आग्रह गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस