२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

चितवनसहित १४ जिल्लाका शिक्षण संस्था बन्द

२०७८ बैशाख २, बिहिबार प्रकाशित ( साल अघि) ३००९ पाठक संख्या

चितवन, वैशाख २–

स्वास्थ्य मन्त्रालयले चितवनसहित १४ जिल्लाका विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

मन्त्रालयले आज जारी गरेको अपिलमा चितवनसहित काठमाडौँ, रुपन्देही, कास्की, भक्तपुर, कैलाली, मोरङ, दाङसहितका १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको हो । मन्त्रालयले विद्यालयमा बालबालिका नलैजान अभिभावकलाई पनि अनुरोध गरेको छ ।

अपिलमा मन्त्रालयले सबै १४ जिल्लामा रेष्टुरेन्ट, क्लबहरु, जात्रा, पर्व, नाँचघर, पार्टी प्यालेसलगायत सबै भीडभाड हुने स्थानमा नगएर स्वास्थ्य मापदण्ड कडारुपमा पालन गर्न सबैमा अपिल गरेको छ । कोभिडको संक्रमणबाट जोगिन संवेदनशिल बनेर जनस्वास्थ्यका मापदण्ड पालन गर्न गराउन मन्त्रालयको अपिल छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२०%३%४%२%८%५%

प्रतिक्रिया दिनुहोस