२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ३ जना नयाँ कोरोना संक्रमित फेला परे

२०७७ चैत्र ३०, सोमबार प्रकाशित ( साल अघि) १००३ पाठक संख्या

पूर्वी नवलपरासीमा ३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

कावासोती नगरपालिका १६ डण्डास्थित मध्यबिन्दु जिल्ला अस्पतालमा परिक्षण गर्दा तीन जना कोरोना संक्रमित फेला परेका हुन् । नवलपरासीपूर्वका १४ जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको मध्यबिन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत एवम् सूचना अधिकारी छबिलाल सुवेदीले बताए ।

संक्रमण पुष्टि हुनेमा कावासोती नगरपालिका १६ का ४१ वर्षीया महिला, देवचुली नगरपालिका २ का २६ वर्षीय पुरुष र गैडाकोट नगरपालिका १ का ३४ वर्षीय पुरुष रहेका छन् । संक्रमित मध्ये एक जनालाई सोही अस्पतालाको आइसोलेशनमा राखिएको छ भने २ जना होम आइसोलेशनमा रहेको जनस्वास्थ्य अधिकृत सुवेदीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस