२०८२ चैत्र १२, बिहिबार
नयाँ
पछिला अपडेट

गैँडाकाेट र देवचुलीमा आज बिहान देखि विद्युत अबरुद्ध हुने

२०७७ चैत्र ३०, सोमबार प्रकाशित ( साल अघि) १९८७ पाठक संख्या

नवलपुर । नवलपरासी पूर्वको गैँडाकोट र देवचुली नगरपालिकाका विभिन्न वडाहरुमा सोमबार विद्युुत्त अवरुद्ध हुने भएको छ ।

गैँडाकोट नगरपालिकाका १० देखि १७ सम्मका सवै वडाहरुमा विहान ८ वजेदेखि मध्यान्न १२ वजेसम्म लाईन अवरुद्ध हुने नेपाल विद्युत्त प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।

त्यसैगरी देवचुली नगरपालिकाका १,२,३,४,५, १६ र १७ नम्बर वडामा विद्युत्त अवरुद्ध हुनेछ । नरायणगढ बुटवल सडक आयोजनाले सडक विस्तारको क्रममा लाईन स्थानान्तरण कार्य गर्नेहुँदा सो स्थानमा भएको ११ केभी रजहर फिडर ११ केभी ईन्डष्ट्रियल फिडर लाईन बन्द गरी कार्य गर्नुपर्ने भएकोले विद्युत्त अवरुद्ध हुने वितरण केन्द्रको सूचनामा उल्लेख छ ।

तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत्त सूचारु हुने पनि कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस