२०८३ बैशाख ७, सोमबार
नयाँ
पछिला अपडेट

तीन जना किशोरले कर्णाली नदीमा हाम फाले

२०७७ चैत्र २९, आईतबार प्रकाशित ( साल अघि) १७६४ पाठक संख्या

कैलालीस्थित कर्णाली चिसापानी पुलबाट हाम फालेका तीन बिद्यार्थीमध्ये एक जना बेपत्ता भएका छन्।

जिल्लाको लम्किचुहा नगरपालिका २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ।

उनले शनिवार दिउँसो कर्णाली पुलबाट हाम फालेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पुलबाटै हाम फालेका १८ वर्षीय लोकेश प्याकुरेल घाइते भएका छन्।

लम्किचुहा–१ का प्याकुरेललाई उपचारका लागि नेपालगन्ज लगिएको छ। उनको छातीमा चोट लागेको प्रहरीले जनाएको छ।

उनीहरूसँगै नदीमा हाम फालेका १७ वर्षीय वीरेन्द्र सिंहको अवस्था भने सामान्य छ।

उनीहरू सबै एकै विद्यालयका कक्षा १० का विद्यार्थी हुन्। उनीहरू शनिवार ८ जनाको समूहमा चिसापानी गएका प्रहरीले बताएको छ।

उनीहरूले किन हाम फाले भन्ने विषय भने नखुलेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस