२०८२ अषाढ ३, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दुका २ सय कृषकहरुलाई तरकारीका बीउ विजन वितरण

२०७७ चैत्र २८, शनिबार प्रकाशित ( साल अघि) २५१५ पाठक संख्या

चोरमारा , चैत २८ । सुआहारा कार्यक्रम अन्र्तगत ग्रमीण नमुना कृषक समुहलाई तरारकारीका बीउ विजन वितरण कार्यक्रम मध्यविन्दुमा सम्पन्न भएको छ ।

आधुनिक करेसावारी निमार्ण गर्दे ,पोषणमा सुधार ल्याउने भन्दै अभियान सञ्चालनमा ल्याईएको मध्यविन्दु नगरपालीका पोषण सहजकर्ता एंम बेस नेपाल सुआहारा दोस्रो सहजकर्ता शकुन्तला नेपालीले बताउनु भयो ।

नगरपालीकाका साविक गाविस प्रसौनी ,नारायणी र कोल्हुवाका कृषकहरु र हजार दिनका आमाहरुलाई मौसम्म अनुसारका बीउ विजन वितरण गरिएको हो।

वडामा सक्रिय ग्रामिण नमुना कृषक समुहका दुई सय कृषकहरुलाई तरकारीका बीउ विजन वितरण जनप्रनिधिहरुद्धारा गरिएको थियो ।

यसरी ग्रमीण नमुना कृषक समुहलाई तरारकारीका बीउ विजन निशुल्क प्राप्त गर्दा कृषहरु धेरै खुशि भएका थिए।

बीउ वितरण गर्दै सहजकर्ता नेपालीले बीउको सहि सदुपयोग भएको वा नभएको हेर्ने टोली आउने बताउदै लगाउने तरीका देखी विभिन्न पोषण सम्बन्धि प्रशिक्षण समेत गराउनु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस