२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

अवैध लागूऔषध गाँजा सहित पक्राउ

२०७७ चैत्र २८, शनिबार प्रकाशित ( साल अघि) २७३७ पाठक संख्या

उदयपुर, २८ चैत

चौदण्डिगढी नगरपालिका-९ अजगढाबाट करिब १ केजी ९ सय १५ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ५५ वर्षीय तिलक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस