२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

जंगली हात्तीको आक्रमण, हेलीकोप्टर मार्पत थप उपचारको लागि काठमान्डौ

२०७७ चैत्र २१, शनिबार प्रकाशित ( साल अघि) १०८९ पाठक संख्या

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिरहेका तीनजना जंगली हात्तीको आक्रमणमा परि घाईते भएका छन ।

नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. २ गैँडाखाल नजिकै चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिरहेका कर्मचारीहरु जंगली हात्तीको आक्रमणमा परि घाईते भएका हुन ।

घाईते हुनेहरुमा चन्द्रगीरी नगरपालिका वडा नं. ५ घुर भै हाल नवलपुर अमलटारी बस्ने ३५ वर्षका विनोद श्रेष्ठ, सर्लाही घर भएका ४२ वर्षका दिपेन्द्र चौधरी र रौतहट घर भएका प्रेमलाल चौधरी रहेको प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए ।

हात्तीको आक्रमणमा परि गम्भिर घाईते भएका विनोद श्रेष्ठलाई नेपाली सेनाको हेलीकोप्टर मार्पत थप उपचारको लागि काठमान्डौ पठाइएको छ । अन्य २ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

अन्य २ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस