२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा मेयर कप फुटबल : गैंडाकोट फुटबल क्लब विजयी

२०७७ चैत्र २०, शुक्रबार प्रकाशित ( साल अघि) १८८० पाठक संख्या

राजु चापागाई

नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा गैंडाकोट फुटबल क्लब विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारममा आज नमुना युवा क्लबका विरुद्ध गैंडाकोट फुटबल क्लबबिच भएको निर्धारित समयको खेलमा १-१ को बराबरी गोल हुँदै ट्राईबेकरमा गैंडाकोट फुटबल क्लब ४-२ गोल अन्तरले विजयी भएको हो ।

आज भएको निर्धारित समयको खेलमा गैंडाकोट फुटबल क्लबका सौगात गुरुङ गोल गरेका थिए भने नमुना युवा क्लबका रवि क्षेत्रीले गोल गरेका थिए । आजको खेलमा गैंडाकोट फुटबल क्लबका गोलरक्षक विधान बोहोरा म्यान अफ दि म्याच भएका थिए।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ ।

सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

भोलीको खेल युनाइटेड क्लब गिरुबारी र शुभ प्रभात समाजबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस