२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

बम विष्फोट हुँदा १ जनाको मृत्यु

२०७७ चैत्र २०, शुक्रबार प्रकाशित ( साल अघि) ९३६ पाठक संख्या

बागलुङ, २० चैत ।

माछा मार्ने बम बनाउने क्रममा अचानक विष्फोट हुँदा बडिगाड गाउँपालिका-२ बस्ने ३१ वर्षीय मित्र रानाको बिहीबार दिउँसो मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनको पाल्पा प्रभास अस्पताल हुँदै थप उपचारका लागि मिशन अस्पताल पाल्पातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै विष्फोटमा घाइते भएका सोही गाउँपालिका-२ मा डेरा गरी बस्ने गुल्मी मुसिकोट नगरपालिका-१ घर भएका २८ वर्षीय अरुण कुमार पुनको पाल्पा प्रभास अस्पतालमा उपचार भइरहेको  र अवस्था गम्भीर रहेको छ ।

यस सम्बन्धमा जिल्ला प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस