२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

गाडी अनियन्त्रित भएर पल्टिँदा चार जना घाइते

२०७७ चैत्र १८, बुधबार प्रकाशित ( साल अघि) १०८० पाठक संख्या

धनुषाको जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत रमदैयामा विंगर अनियन्त्रित भएर पल्टिँदा चार जना घाइते भएका छन्।

जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ३ रमदैयास्थित ना १ ज ६३८५ नम्बरको विंगर अनियन्त्रित भएर पल्टिँदा चार जना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

प्रहरीका अनुसार विंगर जनकपुरधामबाट ढल्केवरतर्फ जाँदै थियो।

घाइते भएकामध्ये एकको अवस्था गम्भीर र अन्य तीन जना सामान्य घाइते भएको धनुषा प्रहरीले जनाएको छ।

घाइतेहरूको परिचय खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस