२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

जिल्ला प्रहरी कार्यालय नवलपुरले २ सय ७ सवारी नियन्त्रणमा

२०७७ चैत्र १७, मंगलबार प्रकाशित ( साल अघि) ११२२ पाठक संख्या

कावासोती । जिल्ला प्रहरी कार्यालय पुर्ब नवलपरासीले होलीको समयमा नियम विपरित गलत कृयकलाप गरेको भन्दै प्रहरीले २०७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले होलिको समयमा हेल्मेट नलगाउने, तीन जना चढ्ने, आवस्यक कागजपत्र नभएक र मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको, ओभर स्पिड चलाउने, स्वरुप परिवर्तन गरेका मोटसाईकल, स्कुटर, हाइस गरि जम्मा २०७ वटा सवारी साधनहरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले बताए ।

नियन्त्रणमा लिईएका सवारी साधन मध्ये ९८ वटा सवारी साधनलाई कारवाही गर्दा ७४ हजार रुपैंया राजश्व संकलन हुन आएको र बाकी १ सय ९ वटा सवारी साधनहरु कारवाहीको प्रक्रियामा रहेको गिरीले बताए ।

उक्त सवारी साधनहरुलाई कानुन बमोजिम निजहरुले गरेको गल्तिको आधारमा ट्राफिक जरिवाना सहित सवारी धनिहरुलाई सवारी जिम्मा दिने कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले होलीको अवसरमा हुनसक्ने सम्भावित घटना तथा दर्घटना न्युनिकरणका लागि भन्दै जिल्ला प्रहरी कार्यलय पुर्ब नवलपरासीले विशेष सुरक्षा रणनिति तयार पारेको जनाएको थियो।

जिल्ला प्रहरी कार्यलयले विहानै देखि बजार क्षेत्रका विभिन्न क्षेत्रहरुमा सादा पोशक सहित प्रहरी परिचालन गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस