२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

आयोजकले जित्यो दोस्रो वडाध्यक्ष भलिबल उपाधि

२०७७ चैत्र १६, सोमबार प्रकाशित ( साल अघि) १४२३ पाठक संख्या

देवचुली ।पूर्वी नवलपुरको देवचुलीको झाँक्रेमा आयोजित दोस्रो नकआउट वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी आयोजक कै पोल्टामा परेको छ ।

सोमबार अपराहन्न भएको रोमाञ्चक फाइनल खेलमा आयोजक “बि” ले देवघाट युवा क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधी जित्न सफल भएको हो । त्यस्तै प्रतियोगितामा रोजिना सुन चाँदी युवा क्लब र टुस्टार युवा क्लब बिचको खेलमा रोजिनाले ३–२ को सेटमा जित हासिल गर्दै क्रमश तेस्रो र सान्तवना हुन सफल भएका छन् ।

उक्त कार्यक्रममा दोस्रो नकआउट वडाध्यक्ष कप भलिबल प्रतियोगिताका खेल संयोजक रन्जित थापाको अध्यक्षता रहेको थियो भने देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्तयता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका श्रेष्ठले वडाध्यक्ष कप प्रतियोगिताले वडामा भएका खेलप्रेमीलाई खेलकुदमा अगाडि बढाउन थप हौसला मिल्ने बताउँदै दोस्रो नकआउट वडाध्यक्ष कप भलिबल प्रतियोगिताको लागि नगरपालिकाबाट १५ हजार रुपैँया सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथी रहनुभएका देवचुली वडा नं ४ का वडाध्यक्ष गिर बहादुर थापा क्षेत्री (राम) ले खेलाडीहरुको हौसला बृद्धि गराउनका लागि वडामा छिट्टै नै खेल मैदान निर्माण गर्ने बताउनुभएको थियो ।कार्यक्रममा भूतपुर्व खेलाडी, दोस्रो नकआउट वडाध्यक्ष कप भलिबल प्रतियोगितामा सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार मेडल, प्रमाणपत्र र ट्रफी, दोस्रो हुने टिमलाई २० हजार मेडल, प्रमाणपत्र र ट्रफी, र तेस्रो हुने टिमलाई ७ हजार मेडल र प्रमाणपत्र र सान्तवना हुने टिमलाई ५ हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सहजीकरण कृयाटिभ युवा क्लब र मिनीभ्याली युवा क्लबका सचिव दिवस थापाले गर्नुभएको थियो भने कार्याक्रमको समापन खेल संयोजक रन्जित थापाले गर्नुभएको थियो ।

कृयटिभ यूवा संजालको आयोजना, मिनिभ्याली खेलकुद समिति र देवचुली वडा नं ४ को आर्थिक सहयोगमा उक्त भलिबल प्रतियोगिता भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस