२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

२०७७ चैत्र १६, सोमबार प्रकाशित ( साल अघि) ११८९ पाठक संख्या

 

नवलपरासी (पश्चिम), १६ चैत

नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरास्थित सडकमा लु.३३ प १५०३ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री रामग्राम नगरपालिका-१८ बन्जरिया बस्ने ३७ वर्षीय रबिन्द्र थारुको आइतबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका रबिन्द्रको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस