२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दुको घोम्पुरा स्थित अम्रेला बृज पार्क कस्तो छ त ?

२०७७ चैत्र १५, आईतबार प्रकाशित ( साल अघि) १२६२ पाठक संख्या

मध्यबिन्दु , १५ चैत । नवलपुरको मध्यबिन्दु नगरपालिका – ४ घोम्पुरामा स्थित अम्रेला बृज पार्क होटेल एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । केहि दिन देखि सर्वसाधरणका लागि टिकट खुल्ला गरेर पार्क संचालनमा आएको कार्यकारी निर्देशक सुरज भन्तनाले बताएका छ्न।

उक्त पार्कभित्र विभिन्न मनोरम दृश्य, बस्नका लागि कटेज, कार्यक्रम गर्नका लागि सानो हल, शौचालय तथा मनोरञ्जनात्मक दृष्यहरु निर्माण गरिएका छ्न।

बाँधको पुलसँगै हेर्न र दृष्य लिन मिल्नेगरी डिलमा रेलिङ पुलमा रंङ्गीचङ्गी सजाईएको आकर्षक छाता संगै झिलिमिली बत्ती, साना ठुला झुला , लिङ्गे पिङ्ग , टिकटक बनाउन लेखिएको स्थान, खोलामा ढुङ्गा सयर विभिन्न फोटो खिच्ने मिल्ने ठाउँहरु रहेका छ्न ।

बिसेसत अहिलेका युवा- युवतीहरूका लागि अम्रेला बृज पार्कका मुख्य आकर्षण केन्द्र बनेको छ ।
जेष्ठ नागरिकहरुका लागि विश्राम लागी प्रतिक्षालय पनि पार्कमा निर्माण गरिएको छ । युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्क भित्रका दृश्यहरू अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण भएका छन् ।

पार्कमा शान्त वातावरण , चारैतिर मनोरम दृश्य देखिने नजिकै उल्टी खोलामा ढुङ्गा सयर पनि सञ्चालनमा आएको छ । यसले सबैको मन जित्ने  सञ्चालकको भनाई छ ।

सञ्चालक भन्तनाले पार्कभित्र भेज र नन भेजका फरक–फरक खानाहरु सञ्चालन गरेका छन् ।
पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सञ्चालकले पूर्वका घुम्न योग्य ,थारू भिलेज , अमलटारी , सौराहा , लगायतका पर्यटकीय स्थलहरूमा प्याकेजमा भ्रमण गराउने समेत बताए ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको चोरमाराबाट करिब ५ किलो मिटर दक्षिणमा रहेको अम्रेला बृज पार्क औपचारिक रुपमा उद्घाटन नभए पनि यतिबेला सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ।

पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको संख्या यतिबेला ह्वात्तै बढेको छ । सञ्चालक भन्तनाका अनुसार कावासोती , गैंडाकोट , दुम्किवास , चोरमारा , डण्डा अरुणखोला लगायतका बजारबाट दैनिक करिब १०० देखी १५० को हारहारीमा पार्कको अवलोकन गर्न सर्वसाधारणहरू आउन थालेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस