२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

गैंडाकोटका पौडेल र गुरुङ लागूऔषध सहित पक्राउ

२०७७ चैत्र १५, आईतबार प्रकाशित ( साल अघि) ९७६ पाठक संख्या

कावासोती । चितवन जिल्लाको कालिका नगरपालिका-५ खगेरी पुल नजिकबाट १ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा नवलपरासी गैंडाकोट नगरपालिका-१ बस्ने २९ वर्षीय ईश्वरी पौडेल र ३२ वर्षीय रेखलाल गुरुङ रहेका छन् ।

खोलेसिमलबाट भरतपुर जाँदै गरेको म्याजिक गाडीलाई ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा म्याजिकमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस