२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा छिट्टै खेल मैदान निर्माण हुने

२०७७ चैत्र १४, शनिबार प्रकाशित ( साल अघि) १११० पाठक संख्या

देवचुली। युवाहरुमा क्षमता भएपनि अभ्यास गर्नका लागि उपयुक्त खेल मैदान नभएपछि धेरै ठाउँमा खेलाडीहरुले आँफू भित्र लुकेको प्रतिभालाई देखाउन पाइरहेका छैन्न । पछिल्लो समय नेपालमा युवाहरुमा खेलकुदको क्रेज बढ्दै गइरहेको छ तर खेलप्रेमीको प्रतिभालाई प्रस्फुटन गर्ने खेलमैदान नहुँदा खेलाडीहरु ओझेलमा परिरहेका छन् ।

यस्तै भएको छ देवचुली वडा नं ४ मा पनि वडामा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक हासिल गर्ने खेलाडीहरु जन्मिएका छन् तर वडामा गतिलो खेलमैदान नहुँदा खेलाडीहरु पछि परेका छन् ।

खेलाडीहरुको जमात बढ्न थालेपछि पछिल्लो केही बर्षयता स्थानीय तहले खेलकुदमा रकम विनियोेजित गरि विभिन्न आवश्यक खेलकुद सामाग्री र कार्यक्रमहरु आयोजना गर्न थालेका छन् ।

वडामा लुकेर बसेका खेलप्रेमीहरुलाई अगाडि बढाउने उद्धेश्यले प्रत्येक बर्ष देवचुली वडा नं ४ मा फुटबल प्रतियोगिता गर्दै आइरहेको छ। देवचुली वडा नं ४ मा अन्य विभिन्न खेलको आयोजना गर्ने जमर्काे गरेपनि वडाभित्र उपयुक्त खेल मैदान नहुँदा ठुला खेल खेलाउन नसकिएको देवचुली वडा नं ४ का वडाध्यक्ष गिर बहादुर थापा क्षेत्री (राम) ले गुनासो गर्नुभयो ।

उहाँले आगामी दिनमा यो क्षेत्रलाई खेल जगतबाट अगाडि बढाउनका लागि विभिन्न ठाउँबाट आर्थिक सहयोगको व्यवस्थापन गरि खेलमैदान निर्माण गर्ने वडाध्यक्ष क्षेत्रीले जानकारी गर्नुभयो । अहिले वडामा स–सानो चौर, बारी जस्ता ठाउँमा खेलाडीहरु खेल खेल्न बाध्य भएको बताउँदै छिट्टै नै खेलमैदान निर्माण गर्ने बताउनुभयो ।

क्षेत्रीले यहाँका युवाहरुलाई खेलमा अगाडि बढाउनका लागि अबको एक बर्षमा लिज अथवा भाडामै भएपनि खेलमैदान निर्माण गर्ने बताउनुभयो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ देवचुली वडा नं ४ मा दोस्रो नकआउट वडाध्यक्ष कप भलिबल प्रतियोगिता झाँक्रे शान्तिगैरामा भइरहेको छ ।

कृयटिभ यूवा संजालको आयोजना, मिनिभ्याली खेलकुद समिति र देवचुली वडा नं ४ को आर्थिक सहयोगमा चैत ११ गते देखि शान्तिगैरामा सुरु भएको दोस्रो नकआउट वडाध्यक्ष कप भलिबल प्रतियोगिता चैत १५ गते आइतबार समापन हुनेछ । प्रतियोगितामा सहभागी प्रथम हुने टिमलाई ३० हजार, दोस्रो हुनेलाई टिमलाई २० हजार र तेस्रो र सान्त्वना हुने टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस