२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रको ल्याव कक्षमा कर्मचारी बिहिन

२०७७ चैत्र १३, शुक्रबार प्रकाशित ( साल अघि) १०५४ पाठक संख्या

दुम्कौली । नवलपुरको देवचुली नगरपालिकामा रहेको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रको ल्याव कक्ष कर्मचारी बिहिन बन्दा भोलिन्टिएरको भरमा परिक्षण भैरहेको छ ।

दुई जना कर्मचारी रहेको ल्याव कक्षमा दुवै जना तालिम र विदामा रहदा ‘भोलिन्टिएर’र निजि स्वास्थ्य क्लिनिकका स्वास्थ्यकर्मीको भरमा स्वास्थ्य केन्द्रको ‘ल्याव टेष्ट’ सञ्चालनमा रहेको हो ।

देवचुली नगरपालिका र ब्यवस्थापन समितिको नेतृत्वमा सञ्चालनमा रहेको देवचुलीको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रको ल्याबमा सरकारी प्रकृया पुरा नगरी ज्यालादारी कर्मचारीलाई राख्दा कमिशनको चलखेल हुन सक्ने सेवाग्राहीले आशंका गरेका छन् ।

दुम्कौली स्वास्थ्य केन्द्रका जनस्वास्थ्य अधिकृत चित्र बहादुर सुनारका अनुशार ल्यावका दुई कर्मचारी नै विदामा र तालिममा रहदा स्वास्थ्य सेवा अवरुद्ध नहोस भन्ने मनसायले ज्यालादारीमा निजि क्लिनिकका ल्याब टेक्निशियन राखिएको बताउनुभयो।

स्वास्थ्य केन्द्रमा सरकारी प्रकृया र नियम अनुशार कर्मचारी नराखी मनलाग्दी कर्मचारी ज्यालादारीमा राख्दा कमिशनको चलखेल रहेको हुन सक्ने भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस