२०८३ श्रावण २४, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरको विनयी त्रिवेणीमा एक पुरुषको शव फेला

२०७७ चैत्र १३, शुक्रबार प्रकाशित ( साल अघि) २१२६ पाठक संख्या

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा वडा नम्बर – ४ पिडरी स्थित एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

पिडरीको भित्री सडक छेउकोमा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

मृत अवस्थामा फेला परेका उनी बारा जिल्ला बिसरामपुर गाउँपालिका –५, इतियाहीका मनोज कुशुवाह रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

बिहान स्थानीयले सडक छेउमा पल्टिएको अवस्थामा शव देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।

त्यस घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस