२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

देवचुलीको सरिता आत्महत्या काण्ड: परिवारका सदस्य प्रहरी नियन्त्रणमा

२०७७ चैत्र ८, आईतबार प्रकाशित ( साल अघि) १०६१ पाठक संख्या

नवलपुर । देवचुलीको प्रगतिनगरमा आत्महत्या गरिएकी सरिता सापकोटाको परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

देवचुली नगरपालिका १० स्थित भगवति टोलकी २४ वर्षीय महिला सरिता सापकोटा घिमिरले गत फागुन २४ गते नारी दिवसका दिन आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेको अबस्थामा फेला परेकी हुन् ।

सरिताले आफ्नै कोठाभित्र ढोका लगाएर झुण्डिएर आत्महत्या गरिएको भेटिएको थियो । उक्त घटना भएको १३ दिनपछि उनको माइती पक्षले आत्महत्या शंकास्पद र परिवारले बाध्यकारी परिस्थिति सृजना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिएका थिए ।


माइती पक्षले १३औं दिनका दिन घरमै गएर विरोध गरेपछि प्रहरीले सरिताका श्रीमान सहित ससुरा हिमलाल घिमिरे, सासु तिला घिमिरे र अमाजु जमुनालाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको हो ।

माइती पक्षले सत्यतथ्य छानबिनको माग गर्दै उनको घरमा नाराबाजी गरेका थिए। मृतकको माइतीहरु अमरापुरीबाट दुई गाडी आफन्त सहितको छिमेकी देवचुली आएका थिए।

त्यस्तै मृतकको घरमै सामाजिक अभियान्ता मन्जु श्री असहाय संरक्षण संस्थाकी केन्द्रिय अध्यक्ष मन्जु खाँण उपस्थित भई आत्महत्याको सत्यतथ्य छानबिन हुने,यदि दोषी ठहर भए सजाय दिलाएरै छाड्ने प्रतिबद्धता जनाएकी छिन् ।

भरतपुर देखि अध्यक्ष खाँण सहितको महिलाकर्मीहरुको समूहले मृतकको घर भगवती टोल देखि दलदले चोकसम्म नाराबाजी गर्दै सत्य-तथ्य छानबिन हुनुपर्ने माग राख्दै दलदले चोकमा मृतकको आत्माशान्तिको कामना गर्दै मैनबत्ती बालिएका थियो।

शनिबार माइती पक्षसहित महिलाकर्मीहरुले विहानैदेखि घरमै गएर प्रदर्शन गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस