२०८० आश्विन ७, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरका मुख्य नाकामा सीसी क्यामेरा जडान

२०७७ चैत्र ७, शनिबार प्रकाशित ( साल अघि) ११८६ पाठक संख्या

विवेक भण्डारी/कावासोती
लागु औषध कारोवार वृद्धि हुन थाले पछि नवलपुरका मुख्य नाकामा सुरक्षा कडा पारिएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरले भारतीय नाका नजिक रहेको कारण लागु औषध ओसार पोसार सम्बन्धि मुद्धा बढ्न थाले पछि जिल्लाको प्रमुख नाकाहरुमा अत्याधुनिक प्रणाली सहितको सीसीटिभी जडान गरिएको जानकारी गराएको छ।

यस्ता गतिविधि निगरानीका लागि सीसीटिभी गैँडाकोटको नारायणी पुल नजिक तीन वटा र दुम्कीवासमा जडान गरिएको छ । प्रदेश प्रहरी कार्यालय पोखराले आफ्नो प्रदेशको प्रवेश नाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाउँदै सडकमा हुने घटना तथा दुर्घटना न्यूनिकरण गर्न अध्याधुनिक सीसीटिभी जडानमा सहयोग गरेको हो ।

जिल्लााको पूर्वी नाका गैँडाकोटमा तीन वटा सीसीटिभी जडान भइसकेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । यो प्रविधि सहितको क्यामेरा जिल्लामै पहिलो पटक जडान गरिएको हो । तीन वटा क्यामराले रेकर्ड गर्ने डाटा १४ देखि १८ दिन सम्म स्टोर गर्ने क्षमतामा रहेको छ । अहिले जडान गरिएको ठाउँबाट ढेड देखि २ सय मिटरसम्म पनि क्लिएर अव्जेक्ट दिने गरेको थापाले बताउनुभयो । दुर्घटना गराएर भाग्ने सवारी साधनहरु तथा ट्राफिक नियम उल्लघंन गर्नेहरुलाई पहिचान गर्न पनि यसले ठूृलो मद्दत मिल्ने भएको छ ।

प्रकाशित : २०७७ चैत ७ गते १०:५८
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस